images
images

प्रदेश १ को नामाकरण : कांग्रेसले लियो कोसीको समर्थन फिर्ता

काठमाडौं । प्रदेश १ नाम कोसी हुनुपर्ने एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले पुनः प्रस्ताव फिर्ता लिएको छ। कोसी प्रदेशमा सहमत भएर एमालेको प्रस्तावमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशीले समर्थन गरेको उक्त प्रस्ताव पछि फिर्ता लिएको हो।

कांग्रेसले समर्थन फिर्ताको निवेदन कांग्रेस संसदीय दलको कार्यालय प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ। प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न प्रदेशसभामा अर्को प्रस्ताव दर्ता भएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गराएका हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS