images

ए डिभिजन लिग : तीन खेल हुँदै, खेलमा एपीएफ र थ्री स्टार क्लब भिड्ने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ र थ्री स्टारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । दशरथ रंगशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र शेर्पाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । नवप्रवेशी चर्च र पुलिसबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ ।