images

‘ए’ डिभिजन लिगका लागि संकटाले गर्‍यो यु क्यानसँग सम्झौता

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि संकटा क्लवले चाइना ट्रेड लिंक प्रालिको यु क्यान ब्राण्डसँग खेल सामग्री प्रायोजन सम्झौता गरेको छ ।

क्लवले शनिवार पत्रकार सम्मेलन गर्दै युक्यानसँग १ वर्षको लागि सो सम्झौता गरेको हो ।सम्झौता अनुसार चाइना ट्रेड लिंक प्रा.लि.ले क्लवलाई करिव ७ लाख बराबरको खेल सामग्री प्रदान गर्ने बताइएको छ ।

सम्झौतापत्रमा क्लवका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रा.लि.का प्रवन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गरेका छन् ।

क्लवले आज नै निल डेभिड युनिसेक्स सलुनसँग स्टाइलिङ पार्टनरको रुपमा सम्झौता पनि गरेको छ । यो लिग अवधिभर रहने क्लवले जनाएको छ । सम्झौता अनुसार खेलाडीलाई निल डेभिडले विभिन्न सुविधा प्रदान गर्नेछ । क्लवले यो सिजनको लागि २ करोड ४० लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।