images

फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको मृत्यु

काठमाडौं । हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको ज्यान गएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल उद्धार गरिएको थियो ।