images
images

अनलाइनमा दोब्बर नाफा हुने भन्दै ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । अनलाइनमा लगानी गरे दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ घर भइ काठमाण्डौको नरेफाँट बस्ने २४ वर्षका राज रोकाया रहेको प्रहरीले जनाएको छ ।

रोकायाले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरेबापत दोब्बर हुन्छ भनेर ईसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ।

रकम पठाउनेहरूलाई रकमको नाफा पाउनका लागि फारम लगायत फाइदा आएको रकमबापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी कर लगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भन्ने जस्ता बहाना बनाएर थप रकम लिएर ठग्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

रोकायाले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS