images
images
images

अमेरिकासंग २२० टोमाहक क्रुज मिसाइल खरिद गर्दै अष्ट्रेलिया

एजेन्सी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० टोमाहक क्रुज मिसाइल खरिद गर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो । एशिया– प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेकामा चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाले आफ्ना हतियार भण्डारको आधुनिकीकरण गर्न तथा सामरिक सामर्थ्य वृद्धि गर्न अमेरिकाबाट आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको छ ।

अष्ट्रेलियाका अधिकारीहरूले नयाँ आणविक शक्तिबाट चल्ने पनडुब्बीबाट टोमाहक मिसाइल प्रहार गर्न सहज हुने बताएका छन् । नब्बे करोड अमेरिकी डलर मूल्य बराबरका ती क्षेप्यास्त्रको आपूर्ति एरिजोनास्थित रेथियन मिसाइल एण्ड डिफेन्सले गर्नेछ । जापानले पनि गत महिना चिनियाँ प्रभाव बढ्न नदिने प्रयासस्वरुप आफ्नो सेनाको स्तरवृद्धि गर्ने योजनाको घोषणा गरेको थियो ।

सन् २०२६ सम्ममा ४०० टोमाहक क्रुज मिसाइल खरिद गरी रणनीतिक स्थानमा तैनाथ गर्ने योजना तर्जुमा गरिएको छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS