images
images

बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा हालै निर्माण गरिएको सडकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार बस द्रुत मार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको थियो ।

बंगलादेशका अधिकांश सवारी साधन पुराना र नियमित मर्मत सम्भार नभएका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् ।