दोस्रो जनआन्दोलन ०६२/०६३ सफल भइसकेपछि नेपालको राजनीतिक जसरी अगाडि बढ्यो। आर्थिक विकास र समृद्धि हुन्छ। आम नेपालीको जीवनशैली अब फेरिन्छ कि भन्ने अपेक्षा गरिएको थियो। राजनीतिक दलहरूले पनि आफ्ना घोषणापत्र मार्फत ती कुराहरूलाई पूरा गर्ने कुरा दर्साएका थिए। विभिन्न पेसा व्यवसायका मानिसहरूले पनि यही अपेक्षा राखेका थिए।
अवधारणागत र नाराका रूपमा घनिभूत रूपमा उठे पनि छलफलदेखि छलफल बाहेक खासै उपलब्धि नभएको गुनासो सुनिन थालेको छ। जनताहरू नेतृत्वसँग सन्तुष्ट हुन सकिरहेका हुन सकिरहेका छैनन्। फेरी अहिले व्यवस्थामाथि नै प्रश्न उठाउँदै तन्त्रको विषयमा आवाज उठिरहेको छ। गणतन्त्र ठिक कि राजतन्त्र?भन्ने किसिमका बहसहरूको सुरु भएको छ। अहिले यस्तो तन्त्र वा शासकीय स्वरूपको बहसको समय हो या जनताका प्रत्यक्ष समस्या समाधान गर्ने कार्य योजनामा लैजाने विधि वा पद्धति हो? आर्थिक समृद्धिमा लैजाने मोडलहरू कसरी ओझेलमा पर्न थाले?यस्तो अवस्था किन आयो? कसरी जानु पर्छ? समाधानको बाटो के हो? लगायतका सवालमा नागरिक समाजमा अगुवा डा सुन्दरमणि दीक्षितसँग सरोज कोइरालाले गरेको कुराकानीको सम्पादित अंश:
०६२/०६३ को जनआन्दोलनताका सक्रिय राजनीतिक दलहरू राजतन्त्रका विरुद्ध आन्दोलन गर्दै थिए। आम जनताको साथ पाईरहेको अवस्था थिएन।जब तपाई नागरिक समाजका अगुवा लगायतले जनतालाई आव्हान गर्नुभयो र सडकमा उत्रिसकेपछि जनआन्दोलन सफल भयो। तर राजनीतिक दलहरूको अहिले पूरानै पारा,कार्यगत शैली उस्तै देखियो। परिवर्तनको महसुस आम जनताहरूले गर्न नसकेको गुनासो आम जनताको छ। नागरिक समाज सक्रिय भएपछि त यस्तो अवस्थाको सृजना हुँदैनथ्यो कि भनेर तपाईँहरूको भूमिकामाथि नै प्रश्न उठ्न थाल्यो नि?
प्रश्न जसले पनि जो माथि पनि उठ्न सक्छ। त्यसमा कुनै दुबिधा छैन। तर मुलुक र समाजलाई माथि उठाउने जिम्मेवारी कुनै सानो समूहको होइन। सबै जनताको हो। अहिलेका पढेलेखेका सचेत जनताहरू, तपाई मेरो हामी सबैको दायित्व हो। हामी सबैलाई थाहा छ कि मुलुकको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार हो।
०६२/०६३ होस् कि जुनसुकै आन्दोलनको कुरा गर्नुहोस् या ०३६ सालकाे म सडकमा थिएँ। ०४६ देखि ०६२/०६३का कयौँ सडक आन्दोलनमा म थिएँ। आन्दोलन किन गरिएको भने,मुलुकलाई यथाशक्य माथि उठाऔँ। जनतालाई राहत दिऔँ। सत्ता भन्दा पनि जनतालाई केन्द्र भागमा राखेर माथि उठाऔँ भनेर गरेका हौँ। तर अहिलेसम्म केही नभएको भनेर जनताहरू गुनासो गर्न थाले। हाम्रो काम के थियो भने,एउटा समूह युद्ध गरेर आएको थियो।अर्को समूह हामीले केही गर्ने अवसर पाएनौँ। हामीलाई अवसर चाहियो भन्ने थियो। तर हामी राजनीतिज्ञ थिएनौँ।हामी आम नागरिकहरूले साथ दियौँ। यो परिवर्तन भयो। तपाईँहरू पोल्टिसियन हो। तपाईँहरूको काम हो। मेरो काम त डाक्टरी हो। जुन जनतालाई सेवा दिइरहेका छु। तर मैले यसका अलावा के काम गरे भने,उहाँहरूलाई ठाउँमा ल्याएर तपाईँहरू प्रमिस गरेर आउनुहोस्।मुलुकको सेवा गर्नुहोस् भनेर उहाँहरुलाइ एक ठाउँमा ल्याएर आएका हौँ।
जस्तो बिहे हुँदा छोरीका बाबुले आफ्नो ज्वाइँलाई मारे पाप,पाले पुण्य भनेर बिदा गर्छन्।हामीले पनि त्यसैसरि ल्यायौँ। सत्तामा पुर्याईदियौं। सडकमा आयौँ। सहयोग गर्यौँ। उहाँहरू नै पाेल्टिसियन हो। राज्य निर्माण गर्ने काम तपाईँहरूको हो। हामी हाम्रो काममा फर्किन्छौँ भनेर हामी पछाडि सरेका हौँ। नागरिक समाज भनेको वाचडग हो। हामीले राम्रो काम गर्दा समर्थन र नराम्रो काम गर्दा खबरदारी गर्छौँ। सचेत गराउँछौँ। तर हामी हरेक बेला सडकमा आएर टोकिहाल्न सक्दैनौँ।
अब त खबरदारी गर्ने बेला आयो नि होइन र?
अब हामी कताबाट खबरदारी गर्ने?आज एउटा आन्दोलन त्यहाँ छ। अर्को आन्दोलन यहाँ र अर्को आन्दोलन अर्को ठाउँमा छ। टोक्ने पनि हद हुन्छ।०३६ सालमा टोक्यौँ परिवर्तन आयो।०४६ सालमा त हामी समातियौँ। ५९ पछाडि ०६२/०६३मा त हामीले पहिलो पटक नागरिक समाज नै खौल्यौं। अहिले पनि सडकमा आउन सक्छौँ तर उमेर त बढ्दो क्रममा छ नि हाम्रो।त्यो जोस जाँगर त हुँदैन। तैपनि हामी मिडिया होस् या अरू माध्यमबाट काम गर्नसक्छौं। म मेरो पेसा छोड्न सक्दिनँ। मैले ५२ वर्षदेखि बिरामी हेरेँ। उनीहरू मेरै बिरामी हुन्। किन की उनीहरूले मलाई नै खोज्छन्। त्यो पनि मेरो राष्ट्र प्रति कै सेवा हो। सधैँ म पल्टिसियन माथि लागे भनेपछि मेरो बिरामीको अवस्था के हुन्छ? तिनीहरूको औषधि कसले गर्छ?डाक्टरहरू त पलायन भइसके। विद्यार्थीहरू त पलायन भइसके। आज खेत जोत्ने मान्छे गाउँमा छैन।
मेरो प्राइम सेवा हो। मेरो प्रोफेसनल जनताकाे सेवा नै हाे। तर मेरो अर्काे काम भनेकाे मातृ भूमिको सेवा हो। जे गर्न म नेपालमै बसेँ। नेपालमै फर्किएँ। म बिदेसिएको छैन।म यहीँ जन्मे। यहीँ मर्छु भनेर बसेको छु। आजसम्म कति डाक्टर बसेका छन्? कति विद्यार्थी बसेका छन्?मेरो भित्रैदेखि मातृभूमिको सेवा हो। तर मेरो प्रोफेसनल बिरामी प्रतिको दायित्व हो। म उमेरले पनि ८२ वर्षको भइसकेँ। तपाईसँग कुरा गर्न आउँदा पनि मैले बिरामी हेरेर आएको छु।जनताहरू असन्तुष्ट छन्। तर ०३६/०४६ र ०६२/०६३को जस्तो जनआन्दोलन हुनै सक्दैन। त्यसका लागि जनता पनि उठ्न सक्छन् नि ?
नेपाली जनताले पटक-पटक आन्दोलन गरे। तर आन्दोलन कति गर्ने? तपाईँ आफैले पनि ०३६ सालदेखि राजनीतिक आन्दोलन गर्न सडकमै आउनु भयो। डाक्टरी सेवाका अलावा पनि तपाई आन्दोलनमा सक्रिय भएर दबाब दिनुभयो। तपाईँको आन्दोलनमा आम नागरिकहरूले पनि साथ दिए। तर राजनीतिक आन्दोलन आफैमा साधक नभएर साध्य मात्रै थियो। तर आन्दोलन प्रति अझै डर भएन। कतै छुट त भएन?
छुट भएको हो। हामीले छोडेको हो।किन भने हामीले मुलुकको जिम्मेवारी दियौँ। उनीहरूको पेसा नै पाेल्टिसियन हो। हाम्रो त्यो होइन। म तपाईँलाई बताउँछु,हामीले ०३६ सालदेखि आन्दोलनमा साथ दियौँ तर किन परिवर्तन आएन? जनताको जीवनस्तरमा किन परिवर्तन आएन? राजनीतिक मात्रै किन घुम्ने मेच माथि अन्धो मान्छे जस्तो भयो? ०६२ सालपछाडिको कुरा गर्दा आन्दोलन भयो। माओवादी समेत आयो। यहाँका सक्रिय राजनीतिक दलहरू पनि आए। त्यसपछि संविधान सभाको कुरा आयो। त्यसका लागि हामीले अभियानको थालनी गर्यौँ। संसदीय प्रजातान्त्रिक प्रणाली नेपाललाई सुहाएन। भ्रष्टाचार यसैबाट मौलाएको छ।यसले गर्दा प्रगति हुन सकेन भनेर हामीले भन्यौँ।
त्यो अजेण्डा लिएर हामी माओवादी कहाँ गयौँ।उसले कार्यकारी राष्ट्रपति हुनु पर्ने कुरा अघि सार्यो। हामी एमाले कहाँ गयौँ। उसले कार्यकारी प्रधानमन्त्री हुनु पर्ने कुरामा सहमत भयो। काँग्रेस आफैले ल्याएको एजेण्डाभन्दा बाहिर त जाने कुरै थिएन। संविधान जारी हुनुभन्दा अगाडिसम्म पनि हामी सडकमै थियौँ। श्याम श्रेष्ठ जी र हामी त दुई पटक जुलुसमै गएका छौँ। हामीलाई एभेरष्ट होटेल अगाडि रोक्यो। हाम्रो माग भनेको प्रणाली परिवर्तन गरेर कार्यकारीमा जाऊँ। पञ्चायतकाल छोडेर हामीले प्रजातान्त्रिक पद्धतिलाई नियाल्यौँ भने संसदीय व्यवस्था सुहाएन। गरिब मुलुकमा चुनेर आउने सुहाएन। पहिले त अशिक्षित थिए।जति आउँछन् यहाँ सानो पकेटबाट जितेर आउँछन्। यहाँ आएर पैसाको चलखेल गरेर मन्त्री बन्न खोज्छन्। योग्य व्यक्ति संसद्मा छिरे पनि उसले मुलुकलाई देन दिन पनि सक्दो रहेनछ। बोल्न मात्रै सक्ने रहेछ।
प्रेम सुवाल,ज्ञानेन्द्र बहादुर शाही,गगन थापा, रबी लामिछानेहरू बोल्न त बोलेका छन्। रबीलाई त एकै पटक जनताले त्यत्रो सिट दिए। तर चार सयको समूहमा त उनीहरु बिलाएर गए। उनले कुनै पनि चाहेर पनि संसद् मार्फत परिवर्तन गर्न सक्दैनन्। कार्यकारी भयो भने उ प्रत्यक्ष जितेर आउँथ्यो। मन्त्री संसदहरु बाहिरबाट लिएर जान सक्थ्यो। शक्ति सन्तुलन भई हाल्छ। उसलाई महाअभियोग लगाउन पनि सकिहाल्छ। नेपाल जहिल्यै पनि केन्द्रबाट चलेको छ। म हरेक दिन के भन्छु भने पहिला सिस्टम परिवर्तन गरौँ भन्छु।
शासकीय प्रणाली परिवर्तनका लागि उपाय के छ? कार्यकारीमा जान्छौैं भनेका दलहरूले दुई तिहाइ हुँदासम्म पनि त्यो विषयमा छलफल नै चलाएनन्। उनीहरू लडेरै बसे, उनीहरूबाट आसा गर्न सकिँदैन। नयाँ भनिएका दलहरूसँग त्यो हिसाबको शक्ति अहिलेसम्म देखिएको छैन।उपाय के हुन्छ,चुनाव मार्फत हुन्छ या अरू कुनै दबाब मार्फत?
आन्दोलनमा होमिएका बुद्धिजीवी पनि अहिले राजा ल्याऊ भन्न थालिसके। उनीहरूले भनेको पनि त यो सिस्टम नै चेन्ज गर भनेको त हो नि । जसरी यो मिडियामा बहस भइरहेको छ। यसले पनि त्यो सृजना गरिराखेको छ। राजा आऊ भन्नुको मतलब यिनीहरूलाई फाल भनेको हो नि। प्रजातन्त्रमा भित्र पनि यो कुहिएको सिस्टम फाल भनेको हो नि।
तर राजनीतिक दलहरूले यहाँ भ्रम पारिरहेका छन्। सिस्टम फ्याँक भनेको प्रजातन्त्र नै हटाऊ भनेजस्तो गरी।प्रजातान्त्रिक प्रणाली राखेर प्रणाली परिवर्तन गर भनेको हो। संसदीय प्रणाली भित्रबाट सदस्यीय व्यवस्था हटाऊ,प्रत्यक्ष कार्यकारी ल्याऊ भनेको हो नि। त्यो दलहरूले स्वीकार गर्न सक्दैनन् किन भने नालीको किरा नालीमा रमाउने हो। खुला ठाउँ खोजेकै छैनन् उनीहरूले ।
उसो भए ०८४ मा के होला त?
०८४ सालमा पुग्नु पनि पर्यो नि।मेरो भविष्यवाणी छ। चुनावको अढाई वर्षभित्रमा नेपालमा ठुलो विद्रोह हुन्छ।अबको डेढ वर्ष भित्र ठुलो विद्रोह हुने कुरा मैले देखेको छु।
त्यो कस्तो प्रकृतिको हुन्छ?
सरकारले बुद्धि पुर्याएर संसद् मार्फत संशोधन गर्ने हो भने त यो विद्रोह नहुन सक्छ। तपाईँहरूले देख्नै भएको छ। भ्रष्टाचार दिन प्रतिदिन मौलाउँदै गएको छ। २६ किलो ६६ किलो र ३३ किलो सुन कहाँ गयो? यदि सडकबाट आन्दोलन आयो भने,त्यस्तो अवस्थामा प्रजातन्त्र नै गुम्ने डर हुनसक्छ। त्यस्तो अवस्थामा हाहाकार मच्चिन सक्छ। त्यस्तो भयो भने बचाउने भनेको नेपाली सेना मात्रै हो। आखिर आपत् विपद्मा नेपाली सेना नै काम लागेको छ। यदि नेपाली सेनाले इन्टर न गर्नु पर्यो भने आफ्नो मान्छेलाई माथि उठाउँछ कि, पाकिस्तान र बंगालादेश जस्तो राजा नै ल्याऊ भन्छ।
अराजकताको स्थितिमा सेना अगाडि आएर व्यवस्थापन त गर्न सक्ला तर जनता बाहेक ठुला शक्ति त को होला ?
जब जनतामा भ्रम र अन्यौलता सिर्जना हुन्छ। त्यस्तो अवस्थामा आपसमा काटमार गर्न थाल्छन्। ०६२/०६३ मा ठुलो क्रान्ति भएको थियो नि। त्यो एउटा सहमतिमा टुङ्ग्याइयो। अब जे आउने विद्रोहमा कुनै सम्झौता हुने वाला छैन। त्यस्तो अवस्थामा राजनीतिक नेताहरू सिद्धिन्छन्।
हेर्नुहाेस् पूरा भिडियाे