images
images
images

चौथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि हुँदै

काठमाडौं– चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० आजदेखि हुँदैछ ।

तयारी पुरा भएसँगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लब भिड्ने भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लब र केही सहभागी टिमहरूमा विदेशी खेलाडीहरू समेत सम्मिलित भएपछि चौथो टाइगर कप रोचक हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।

खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिँदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ एक गतेदेखि छ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी पक्का भएको हो । देशकै ठुलो धनराशि पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल सोमबार दिउँसो साढे एक बजे सुरु हुने छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS