images
images
images

उपकुलपति प्रा.डा. कार्कीलाई कार्बाहीको माग गर्दै मेयर साम्पाङले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

काठमाडौं–धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राध्यापक डाक्टर प्रल्हाद कार्कीलाई कारबाही गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका छन् ।

कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै उनले मन्त्रालयलाई कानुन बमोजिम कारबाही गर्न पत्र लेखेका हुन् ।

स्वास्थ्य मन्त्रालयबाट कार्यकारणी समितिको बैठक तुरुन्तै बसाउन निर्देशन दिएपनि हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठान शिक्षक, कर्मचारी चिकित्सकको माग सम्बोधन जस्ता विषयमा अन्यौता देखिएको पत्रमा उल्लेख छ । यस अघि प्रधानमन्त्री पुष्पकमल दहालले कार्कीलाई धरान गएर बैठक बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

हेर्नुहाेस् ध्यानाकर्षणपत्र

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS