images
images
images

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी श्रेप्यास्त्र आक्रमण,११ जनाको मृत्यु

काठमाडौं– युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले बताएका छन् ।

युक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रुसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ । खार्किभ अभियोजकको कार्यालयले शुक्रबार ६१ वर्षीया एक महिलाको मृत्यु भएको र उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् । रूसको नियन्त्रणमा रहेको डोनेट्स्क क्षेत्रमा युक्रेनी अधिकारीहरूले बिहीबारको रुसी आक्रमणमा परी छ जना घाइते भएको बताएका छन् । दक्षिणी क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुदिनले एस–३०० क्षेप्यास्त्र आक्रमणमा परेर खेरसनमा एक व्यक्ति घाइते भएको बताए ।

उनले सन् २०२२ को अधिकांश समय रुसी सेनाको नियन्त्रणमा रहेको उक्त सहरको अग्लो आवासीय भवन र घरहरूमा क्षति पुर्याएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

रूसले बारम्बार आवासीय क्षेत्रलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२२ को फेब्रअरीयता यूक्रेनमा कम्तीमा १० हजार सर्वसाधारण मारिएका छन् ।

रूसले आक्रमण गरेको करिब दुई वर्षयता पूर्व र दक्षिणमा रहेका युद्धग्रस्त तथा अग्रपङ्तीका सहर र सहर नजिकका ग्रामिण इलाकामा दैनिक गोलाबारी हुने गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS