images

मिटरव्याज पीडित भन्छन्,न्याय नपाएसम्म घर फर्किदैनौं

काठमाडौं– मिटरब्याज पीडितहरुले फागुन १० गते देखि काठमाडाैं केन्द्रित न्यायका लागि आन्दोलन गरि रहेका छन्। पूर्वको मेचीदेखि पश्चिम महाकालीबाट पैदलयात्रा गर्दै आएका पीडितहरु न्यायको खोजीमा काठमाडौं आएका हुन्।

२३ दिन लामो पैदल यात्रा गर्दै काठमाडौं पुगेका पीडितहरु शाररिक रुमपा कमजोर देखिएपनि न्यायको आशमा उनीहरु सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उनीहरु काठमाडौं आउने वित्तिकै गृहमन्त्रालयले उनीहरुको आवाजलाई सम्बोधन गर्ने भन्दै वार्ता सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गर्यो । सदनदेखि सडकसम्म उनीहरुको जायज माग सम्बोधन हुनु पर्ने आवाज उठिरहँदा गृहमन्त्रालयसँग भएको पटक पटकको वार्ता अझैं निष्कर्षमा पुग्न सकिरहेको छैन ।

पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिहँदा केही मिटरव्याज साहुहरुले भने घरमा डोजर चलाएको देखि मानसिक यातना दिइरहेको समेत समाचारहरु बाहिरिरहेका छन् । काठमाडौंमा आएर आन्दोलन गर्न पनि पीडितहरुलाई भने त्यति सहज छैन । कहिँ महानगरपालिकाले बस्न दिँदैन त कहिँ सरकारले प्रहरी लगाएर बसिरहेको स्थानबाट हट्न दबाब दिइरहेको पीडितहरुले गुनासो गरेका छन् ।

पृर्वको झापादेखि पश्चिमको महेन्द्रनगर हुदै पैदलयात्रामा गर्दै सिहंदरबारमा आफ्ना पीडा सुनाउन आएका मिटरब्याजी पीडितको अबस्था व्यथा दर्दनाक छ । उनीहरूले सिट्ठी जुलुससहित बालुवाटार मार्चपास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट आनदोलन गरि रहेका छन । न्यायको लागि काठमाडांै प्रवेश गरेका पीडितहरुको न बस्नलाई बास न खानलाई अन्न छ । पैदलयात्रामा बालबालीका देखि बृद्धाबद्धहरुको समेत सहभागीता छ । पीडितहरुलाई पैदलयात्रा गरेको घाउभन्दा ठुलो उनिहरुलाई आफ्ना सम्पति हड्पेको प्रति चिन्ता छ । सरकारले नै मिटरब्याजी पीडितहरुलाई बेवास्था गरेको उनिहरुको भनाई छ । तर पनि राजधानिमा आएर सरकारले न्याय देलाकी भन्न आशमा रहेको पीडित रामविहाल सावहीको गुनासो रहेको छ ।

अन्तिम लडाइमा न्याय नपाएसम्म घर नफर्किने पीडित अनितादेवि यादवले बताइन् । घरमा पीडकले बस्न नदिएपछि मिटरब्याज पीडित न्याय खोज्दै काठमाडांै आएको मिटरव्याज पीडित कुशम खातीले गुनासो गरिन् । उनीहरूले घरबाटै खाने ब्यवस्था गरेर आएका । आन्दोलनमा सहभागी मिटरब्याज पीडितहरुले राज्यले पीडितहरुको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताएका छन । पीडितले सरकारसँगको वार्तामा विभिन्न पार्टीहरुको खेल उनिहरुको दाबी छ ।

विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले वार्ता गर्दै आएको भए पनि निष्कर्षमा भने पुगेको छैन । सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाउँन सबै मिटरब्याजी पीडित आन्दोलनमा सहभागि बनेका छन । यसरी घरपविार बिचल्लीमा रहेका पीडतहरुले कुनै घटना निम्याउनु भन्दा पहिला सरकारल पीडितका समस्याको सामाधान गर्ने तिर लाग्नु पर्ने हुन्छ ।