images
images
images

ओलीले पटक-पटक भेट्न प्रस्ताव गर्दा टाल्दै आएँ,प्रचण्ड त धोकेबाज रहेछः देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाजको संज्ञा दिएका छन् । कांग्रेससँग गठबन्धन तोडेको प्रति आक्रोशित हुँदै देउवाले प्रचण्ड धोकेबाज भएको बताए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा बोल्दै देउवाले गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको आएको बताउँदै उनले भने, ‘यसले (प्रचण्डले) धोका दियो ।’

प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २/४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS