images

गुनासो कर्तालाई वडाध्यक्षले नै गरे रुखमा बाँधेर कुटपिट

पर्सा– पर्साको जगरनाथपुर २ का वडा अध्यक्ष नेपाली प्रसाद कुसवाहाले वडामा गुनासो लिएर गएका स्थानीयलाई रुखमा बाँधेर कुटपिट गरेका छन् ।

जग्गा मिचेर नाला बनाएको गुनासो सहित वडा कार्यालय पुगेका अमिद मिया दर्जीलाई अध्यक्ष कुसवाहाले आज बिहान कुटपिट गरेका हुन् । सोही वडाको लक्ष्मीपुर टोलमा नाला बनाउने क्रममा जग्गा मिचिएको गुनासोसहित मिया बिहान वडा कार्यालय पुगेका थिए ।

रुखमा बाँधिएको अवस्थामा दर्जीलाई स्थानीय प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीका हवलदार आर।बि यादवले उद्धार गरेका थिए । सोही क्रममा स्थानीयले वडा कार्यालयमा ताल्चा लगाई विरोध जनाएपछि छलफलका लागि दुवै पक्षलाई पोखरिया इलाका प्रहरी लगिएको इन्चार्ज मोहन विक्रम थापाले बताएका छन् ।