images

नाइजेरियाली सरकार र श्रमिक सङ्घहरू नयाँ न्यूनतम ज्यालामा सहमत

एजेन्सी– नाइजेरियाली सरकार र देशको सङ्गठित श्रमको नेतृत्व स्थानीय कामदारहरूको लागि नयाँ न्यूनतम पारिश्रमिकमा सहमत भएको छ । सबैभन्दा धेरै जनसङ्ख्या भएको अफ्रिकी देशमा कर्मचारीहरूको हितलाई लिएर नयाँ न्यूनतम ज्याला निर्धारण गरिएको हो ।

नाइजेरियाको राजधानी अबुजास्थित स्टेट हाउसमा राष्ट्रपति बोला टिनुबुको नेतृत्वमा बसेको बैठकमा सरकार र सङ्गठित श्रमिकका प्रतिनिधिहरूले नयाँ न्यूनतम पारिश्रमिकमा शतप्रतिशतभन्दा बढी वृद्धि गर्ने निर्णय गरेको सूचना तथा राष्ट्रिय अभिमुखीकरण मन्त्री मोहम्मद इद्रिसले बताए । इद्रिसले कार्यकारी विधेयक छिट्टै अनुमोदनका लागि राष्ट्रिय व्यवस्थापिकामा पठाइने सङ्केत दिए ।

देशमा आर्थिक कठिनाइको प्रभावलाई कम गर्न पूर्वाधार र केही कल्याणकारी सुविधाहरूमा ठुलो लगानी गरिने बताउनु भयो । नाइजेरियामा प्रत्येक पाँच वर्षमा न्यूनतम ज्यालाको वैधानिक रूपमा समीक्षा गरिन्छ । अन्तिम न्यूनतम पारिश्रमिक ३० हजार नायरा(लगभग १८ डलर) सन् २०१९ मा तय भएको थियो ।

पश्चिम अफ्रिकी देशमा जीवनयापनको गम्भीर सङ्कटको बीचमा श्रम सङ्गठनहरूले इन्धन र बिजुलीको मूल्यमा भएको भर्खरको वृद्धिको प्रभावलाई कम गर्न न्यूनतम पारिश्रमिक कम्तीमा २ लाख ५० हजार नायरा (लगभग १५४ डलर)पु¥याउन दबाब दिएका छन् । गत महिनाको सुरुमा न्यूनतम पारिश्रमिकमा थप वार्ताका लागि सरकारले अपिल गरेपछि श्रमिक युनियनहरूले राष्ट्रव्यापी हडताल स्थगित गरेका थिए ।