images

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको नेतृत्व गर्न तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरुले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहेको बताए ।

अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिनेकुरा अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै उनले सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह पनि गरे ।