images
images

कांग्रेसले दिएको ५० लाख उद्धार कोषमा जम्मा

काठमाडौं । नेपाली कांग्रेसले उपलब्ध गराएको ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ। चेक दिएको करिब ४० दिनपछि कोषमा रकम जम्मा भएको हो। गत असोजमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि ठूलो जनधनको क्षति भएको थियो।

क्षतिपश्चात् सभापति देउवासहित नेताहरूले असोज २० गते प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय वाणिज्य बैंकको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। उक्त चेकमा कार्तिक ८ गतेसम्म मिति राखिएको थियो। तर, उक्त मितिमा पनि रकम जम्मा भएन। लामो समयसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कांग्रेसले दिएको चेक जम्मा नभएपछि कांग्रेसको आलोचना सुरु भएको थियो। कोषले सार्वजनिक गरेको विवरणमा गत कार्तिक ३० गते भने कांग्रेसले दिएको चेक जम्मा भएको देखिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS