images
images

संघीयताप्रति नागरिक रुष्ट छन्ः राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानुन निर्माण गर्ने कुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन्।

सोमबार सरोकार दर्पणको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताए।

उनले संघीयतासम्बन्धी ऐन, कानुन निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताए।

उनले संघीयताका सिद्धान्तहरु आफैमा गलत नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताए। नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पुर्‍याउँदा नै संघीयता सफल हुने उनको भनाइ थियो।

उनले भने, ‘संघीयता हामीले ल्यायौँ। हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदै छौँ। कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरु मुख्यतः ऐन, कानुन निर्माणको सवालमा हामी आफै कहीँ न कहीँ असन्तुष्ट छौँ। भनेपछि जनस्तरबाट थोरै असन्तुष्टि आउने कुरालाई संघीयता गलत भएको हुनाले आएको होइन, हामीले जो जिम्मा लिएका छौँ, समयमै पुर्‍याउन सकेनौँ किरु भनेर हामीतिर फर्किनुपर्ने हो किरु’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS