images
images

सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसद्‌बाट पारित गर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताए।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरे। सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् भएको उनको भनाइ थियो।

उनले शासन प्रणाली बदलिएको भए पनि शासनको शैली अझै बदल्न नसकेको बताए। उनले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली कांग्रेससँग पनि पर्याप्त छलफल नभएको उल्लेख गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS