जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवलाई नेपाली काँग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र काँग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन् ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेका सभामुखबाहेक २४, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
यहाँ सरकार गठनका लागि सत्ता गठबन्धनसँग एक सिट अपुग हुन्छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टीका ८ सांसद छन्। तर, मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न सकेको छैन। त्यसैगरी मधेस प्रदेश सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक प्रदेश सांसद छन् । उनीहरूले पनि कता मतदान गर्छन् हालसम्म निर्णय गरेका छैनन् ।