images

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिनेका लागि बोलाइएको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरे सहिन नाराबाजी गरेका छन् ।

दुई दलका सांसदको विरोधपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । दुवै दलका सांसदहरूले मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक रहेको, नागरिक उन्मुक्ति संसदीय दलको समर्थन नरहेको भन्दै नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख र सभामुखविरुद्ध पनि नाराबाजी गरेका छन् ।

नागरिक उन्मुक्तिका सात सांसदमध्ये पाँच जना विपक्षी बेन्चमा बसेका छन् भने दुई जना सत्ता पक्षको बेन्चमा बसेका थिए। सोडारीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएका छन् ।