images

व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको एमालेभित्रै विरोध

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने निर्णयको विरोध गरेकी छन् ।

फूलपातीको दिन पारेर कीर्तिपुरमा झण्डै ११ रोपनी जग्गा र त्यस भव्य पार्टी कार्यालय बनाउने शिलन्यास एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङले संयुक्त रुपमा गरेका थिए ।

जग्गासहित भवन बनाउन लाग्ने खर्च गुरुङले बेहोर्ने प्रतिबद्धता जनाएका छन् । व्यापारीले दिएको सहयोगमा पार्टी मुख्यालय बनाउने पार्टी नेतृत्वको निर्णय गलत भएको र यसले पार्टीका सदस्यको स्वाभिमानी शिर निहु¥याएको नेतृ पाण्डेले दाबी गरेकी छन् ।

पार्टीमा छ्लफल त परको कुरा सामान्य जानकारीसमेत नदिई व्यापारीको सहयोग लिनु अनुचित भएको उनको भनाइ छ । व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने कार्य दीर्घकालमा प्रत्युपादक हुने पाण्डेले बताएकी छन् । नेतृ पाण्डे अझैपनि निर्णय सच्याउन माग गरेकी छन् ।

उनले मनमोहन र मदनले उचो बनाएको पार्टीको स्वभिमान जोगाउन माग गरेकी छन् । पाण्डे अध्यक्ष ओलीको गलत कार्यशैलीप्रती असहमति जनाउँदै आएकी छन् ।